सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

“आजदेखि यो तेरो , आउने दशैँको गर्ज यसैले टार।” भन्दै बाले पोहोर सालै रेश्मिलाई एउटा पाठो पेवा दिएका थिए।
रेश्मिले सो पाठोलाई हेर्दै सपना सजाएकी थिइन् – फूलबुट्टे जामा,मालिकको छोरीको जस्तै जुत्ता,स्कुली झोला,छाता आदि। उनले पाठो समीप गएर सुम्सुमाउँदै मनैमन भनेकी थिइन् -” मेरा बाआमाले पुरा गर्न नसकेका सपनाहरु तैँले पुरा गरिदिने भइस , म तँलाइ बडाउछु, बेच्छु र मेरो सपनाहरु पुरा गर्छु ।” सोच्दै उनी मुसुक्क मुस्कुराएकी थिइन्।
त्यस दिनदेखि उनले पाठोको खुबै ख्याल् गर्थिन्। पाठशाला जान अघि र आएपछि पाठोलाई घाँस र दानापानी खुवाउने उनको दैनिक जीवनचर्या थियो , फलतः अरु बाख्राभन्दा सो पाठो हलक्क बडेको थियो, रेश्मिको सपना जस्तै।
आजपनि रेश्मि खोर नजिक उभिएर पाठोलाई हेर्दै थिइन् , तर उनको अनुहारमा सधैं झैँ चमक थिएन , न त व्यवहारमा चन्चलता। अनायासै चर्को आवाजले उनी झस्किन्। खरिददार जुँगा मुसार्दै सोध्दै थिए- “खसीको दाम कति हो ?”
उनी बोलिनन्,मात्र पाठोलाई नियाली रहिन्।
“त्यसको दाम कति हो भन्या?” खरिददारले पुनः औंलाँउदै सोधे।
“त्यो खसी होइन,पाठो नै छ , र म बेच्दिन !” रेश्मिले निर्णय सुनाइन्।
“छोरी!तेरो दशैँ खर्च …!
बाको वाक्य नटुङ्गिन्दै छोरी बोलिन् – “म मेरो सपना निमुखा पशुमाथि लाद्दिन बा !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

20 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

20 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago