Categories: कविता

“बाल दिवसको सन्देश”


कृष्ण शरण उपाध्याय

बच्चा स्वस्थ बलिष्ष्ठ अब्बल बनून्, ती देशका हुन् जग
बच्चा हृष्ट र पुष्ट सम्बल बनून्, हुन् भोलि का वैभव
हुन् आधार मियो र सुन्दर धुरी, जो जत्ति छन् बालक
हुन् यो देश निमित्त गौरव चुली, हुन् देश सञ्चालक।

खेल्दै पढ्नुछ आज निर्भय बनी, नाचेर गाएर ती
कुद्दै बढ्नुछ छन्द को लय बनी, मस्ती जमाएर ती
खाना स्वस्थ र पुष्टि बर्द्धक रहोस्, ती भोलि होऊन् दरा
नाना स्वच्छ र तुष्टि बर्द्धक रहोस्, बच्चा नहोऊन् बरा।

बच्चा छन् कति कामदार घरमा, छन् कारखाना मुनि
छन् कैयौँ मजदूर झन् शहरका, पापिष्ट छाना मुनि
उस्तै छन् कति आज ती सडकमा , मागेर ढोग्नेहरू
मन्त्री सांसदका कठोर घरमा, छन् दु:ख भोग्नेहरू।

सामन्ती करले प्रताडित अझै, छन् बाल – बच्चाहरू
कैयौँ पण्डित बाट दण्डित अझै, छन् बाल – बच्चाहरू
बच्चाको दिन सम्झिँदै दिवस यो, मानेर के हुन्छ र ?
यो आडम्बर मात्र हो दिवसको, मानेर के हुन्छ र ?

बच्चाका अधिकार शुद्ध मनले, रक्षा गरौँ आज नै
बच्चा माथि कदापि निर्मम नहौँ, ढाकौँ स्वयम् लाज नै
बच्चा फुल्न र फल्न पर्छ जहिले, ऊ देशको हो धन
बच्चाका अधिकार या हकहरू, गर्नैछ संरक्षण।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

7 hours ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

8 hours ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

8 hours ago

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार

सीता वादी मन्त्री महिला तथा बालबालिका मन्त्रालय सिंहदरबार बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार,…

8 hours ago

निधार

संजिता भट्टराई धनगढीमाई,सिरहा गाईगोठको भक्कारो सोहोर्दै गरेकी जुनेलीको कानमा कच्ची बाटोबाट गुन्जिएको ठूलो हाँसो ठोकिन…

1 day ago

स्वाद

मित्र उराठी गौतम अमरपुर गुल्मी हालः तिलोत्तमा रुपन्देही स्वाद जम्मा छ किसिमका छन्। विज्ञान पढाउने…

1 day ago