Categories: बाल कथा

“बाल दिवस”

पुण्य घिमिरे
बैत्यश्वर -६,दाेलखा

नुर्बु सबेरै उठ्याे । उसका बाबा आमाले अचम्म माने । “हैन आज किन चाँडै निन्द्रा खुल्याे महाराजकाे, ल गाेठ गएर गाेबर साेर। घाँस हाल्। सबकाम सकेर आइज ।”सानीआमाले झर्कदै भनिन् । फेरि बाले पनि “जा जा जाछिटाे जा, फेरि खुरूरू दाैडेर नाम्गेलकाे तिर जाने हैन नि, भन्द्याछु।” “आमा आज बाल दि….।” ९ वर्षको नुर्बुले कुरा टुङ्ग्यान नपाउँदै “छिटाे वा, अहिले दाउराले हान्छु अनि ” सनीआमा कराइन् । ऊ लुरूक्क गाेठतिर लाग्याे हस्याङ फस्याङ गर्दै काम सक्याे । नाम्गेल पनि त्यही तलबाट आउँदै थियाे । नाम्गेल, आाज स्कुल चाँडै जानुपर्छ है, कथा लेखिसक ।” नुर्बुले चिच्याउँदै भन्याे । नेर्बु खुरूखुरू घरमा आयाे । सानी आमाले माेई ,साेल्दर र ढिंडाे पस्किदिइन्। उसले खपाखप खाएर हतार हतार एकघान मकै झाेलामा हालेर स्कुलतिर लाग्याे ।

बाटामा नाम्गेलसँग भेट भयाे । उनीहरू बाल दिवसकाे कथा कविता बारे कुरागर्दै हिंडे । नाम्गेल भाेकै आएकाे रहेछ। नुर्बुले झाेलाबाट मकै झिकेर दियाे । खाँदैखाँदै हिंडे । बाटामा सुकिला कपडा लाएका चार पाँचजना “बाल दिवस सफल पाराैँ” लेखिएकाे ब्यानर बाेकेर नारा लगाउँदै आए र” छाेड् केटा हाे छाेड्”भन्दै अगाडि बढे । बाटाे चिप्लाे थियाे । उनीहरू खाली खुट्टाले हिंडदै थिए । लड्दै पड्दै स्कुल नजिक पुगे । स्कुलै नजिक ठूलाे खाेला थियाे । तुइन चढेर खाेला पार गरे । नुर्बुकाे फाट्काे खल्तीबाट नाम्गेलकाे कथा र उसकाे कविता लेखेका पाना खाेलामा झरे र बगे । दुबैजना खिन्न भए । स्कुलमा तुल पताका टाँसेर रमझम पारिएकाे थियाे गन्य मान्य आइसकेका थिए । उनीहरूलाई सरले देख्नासाथ “ए केटा हाे, किन ढिला गरेकाे हात थाप”भन्दै स्याम स्याम लट्ठीले ठटाए । पालिकका मेयरले भने ” ठिक्क गर्नुभाे सर, विद्यार्थीलाई यसैगरी अनुशासनमा राख्नुपर्छ ।” नुर्बु र नाम्गेल चाैरकाे एक कुनामा लुस्क्क बसे । बाल दिवसकाे नारा भाषण घन्किरहेकाे थियाे कार्यक्रम सकियाे । उनीहरू बाल दिवसकाे अमिलाे कथा सुनेर घर फर्किए ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

11 minutes ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

24 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

24 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago