Categories: बाल कथा

जन्मजात प्रतिभा

विष्णु भण्डारी आचार्य
बेलबारी माेरङ

अभिभावकदिवसमा बालप्रतिभालाई पुरस्कार वितरण कार्यक्रम पनि राखिएकाे थियाे ।
“हुने विरुवाकाे चिल्लाे पात अरुका छाेराले कत्राे प्रगति गरेकाछन्,आज त्याे ध्रुवेकाे छाेराे भविन नगर स्तरिय चित्रकला प्रतियाेगितामा प्रथम भएछ ,हर्षले दङ्ग परेकाेछ ध्रुवे ।


हाम्राे भने जति स्याहारे पनि उस्ताकाे उस्तै । न पढाइमा भनेजस्ताे पढेर कुनै पाेजिसन नै ल्याउन सक्या छ ।”
कार्यक्रममा गएर फर्किएपछि माेहनले सात कक्षा पढ्दै गरेकाे छाेरा प्रलेसपट्टि फर्केर धिक्कार्दै भने ।
प्रलेस भने घाेसेमुन्टाे लाएर अर्कैतिर फर्कियाे ।
“बाबा,तपाईं यता आउनु त,म तपाइँलाई एउटा कुरा भन्छु,प्रलेसकी बहिनी सुदिक्षाले चञ्चले बाेली निकाली ।
“ए,त्याे चित्र त हाम्राे दादाले बनाएर भविनलाई दिएकाे हाे । बाबाले कराउनुहुन्छ भनेर कतै नदेखाउनुभकाे हाे ।
दाइले याे भन्दा राम्राे चित्र कति बनाएर लुकाएर राख्नुभाकाे पाे छ ।”
पढेर ठूलाे जागिरे हुनुपर्छ यस्ता चित्रसित्र बनाएर समय बर्वाद पार्छस भन्दै आफैँले कतिचाेटि छाेराले बनाउँदै गरेकाे चित्र खाेसि च्यातेर फाल्देकाे सम्झेर झसङ्ग भए माेहन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

23 hours ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

23 hours ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

23 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

2 days ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

2 days ago