Categories: बाल कथा

बाल मष्तिक


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“बाबा ! हामीले माथि फ्याँकेको ढुङ्गा किन भुँइमा खस्छ ?”- रञ्जिताले आफ्नो बाबा रमाकान्त सँग प्रश्न गर्छिन्। “छोरी किन कि भुँइको गुरूत्वकार्षणले तानेको हुन्छ। हाम्रो बल छँदासम्म त्यो माथि जान्छ पावर सिद्धियो भने भुँइमा खस्छ।”- रमाकान्तले उत्तर दिए। रञ्जिता पाँच वर्षकी छिन् तर अत्यान्तै जिज्ञासु स्वभावकी। “त्यसो भए आकासका तारा किन खस्दैनन् त भुँइमा ?”- ऊ फेरी तुरून्तै प्रश्न राख्छे। ” त्हाँ पनि त गुरूत्वाकर्षण शक्ति हुन्छ नि छोरी।हामीले आकासलाई माथि देख्छौँ यो धर्ती र आकास आमनेसाम्ने बराबरमा छन्। यता पनि चुम्बकीय शक्ति छ अनि उता पनि छ बिचमा यो फलामको कण छ त्यो कताजाला भन त ?”-अहिले रमाकान्तले प्रश्न गर्छन्। “त्यो कतैपनि जाँदैन । त्यही प्रकारले यी पिण्डहरू ग्रह उप ग्रहहरू अडिएका हुन्छन्। “बाबा त्यो त ठिक हो तर मानिसहरू मरेपछि भूत बन्छन् त ?”- रञ्जिता केही सोंचे झैं गरेर भन्छिन्। “छोरी मानिसहरू मरेपछि भूतपूर्व मानिस हुन्छन् । भूतपूर्व भनेको पहिले मानिस थिए अहिले छैन।”- रमाकान्तले सम्झाए। “अनि चलचित्रहरूमा भूत किन देखाउँछन् त ?”- रञ्जिताले फेरी सोधी। “त्यो पनि त मनोविज्ञन नै हो, जिउँदा मानिसलाई डराउँन दिएर पैसा कमाउँन । रमाकान्तले भने।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

14 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

14 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago