Categories: बाल कथा

परीक्षा


सृजना घिमिरे ढकाल
सितापाइला ,काठमाडौं

“तिमीले पढेको कुरा नै त परीक्षामा आउने हो, किन डराएको?”
परीक्षा हल बाहिर अँध्यारो अनुहार लगाएर बसेको विद्यार्थीलाई निरीक्षणका लागि आएका शिक्षकले सोधे।”परीक्षा कस्तो होला भनेर डर लागिरहेछ, सर!” विद्यार्थीले शिक्षकतर्फ हेर्दै भन्यो।
“तिमीलाई अहिलेसम्म विद्यालयमा पढाइएको, तिमीले जानेको कुरा नै त परीक्षामा आउँछ। नडराई सम्झँदै लेख न!” शिक्षकले सम्झाए।
“सर, मेरो त पूरै भविष्य यही हो। बाबुआमाको सपना, मेरो मिहिनेत!”
“मिहिनेत गर्नेले कहिल्यै डराउनुपर्दैन, बाबु।”
“सर, त्यो त हो, तर यो परीक्षा त फलामे ढोका हो भन्छन्!”
“बाबु, यो मात्र होइन, जीवनमा कैयौँ कठिन परीक्षाहरू दिनुपर्छ!”
“तर, सर, यो परीक्षा बिग्रियो भने त म बर्बाद हुन्छु नि!”
“तिम्रो हार-जित यो एउटा परीक्षाले तय गर्दैन। यो परीक्षा त विद्यालयको नियमित प्रक्रिया मात्रै हो, बाबु।””राम्रो जीपीए ल्याउँछु भनेर सबैले ममाथि आशा राखेका छन्, सर !”
“नतिजाको चिन्ता नगर। तिमी अरूका लागि होइन, आफ्नै लागि परीक्षा देऊ। तिमीभित्रको सिर्जनशीलतालाई उजागर गर।”
शिक्षकको कुरा सुनेर विद्यार्थी केही राहतको सास फेर्दै परीक्षा हलभित्र प्रवेश गर्यो।
“परीक्षा नतिजाका लागि मात्र होइन, आगामी जीवनमा आउने कठिनाइसँग लड्ने प्रशिक्षण हो। परीक्षामा कडाइ त गर्नै पर्छ नि!” भन्दै शिक्षक आफ्नो काममा लागे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

11 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

12 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

12 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 days ago