“बाेक्सी”


पुण्यप्रसाद घिमिरे
२०८३/४/३,बैत्यश्वर-६,दाेलखा

लाेग्ने मरेपछि, छाेडेपछि महिला किन बाेक्सी हुन्छन् हँ ? अँखा लाग्छ भन्ने, तर्केर हिड्ने, कुराकाट्ने, बेइज्जत गर्ने, दिशा पिसाव खुवाउने, गाउँ नै मिलेर एक्ल्याउने, कुटपिट छारपछार अमानीय व्यवहार किन हुन्छ हँ? स्नातक सम्म गरेर जागिर गरिरहेकी तीन दिन अगाडि आफैंमाथि भएकाे घटना संझी तपतप आँसु झार्दै आफैंसँग प्रश्न तेर्स्याई हातले टाउकाे थेगेर झाेक्राइरहेकी छन् । सुब्बिनीकाे गाउँमा ठूलै इज्जत थियाे । समाजसेवी, दयालु, दानी राम्रै विशेषता थिए उनका। हुन पनि असाध्यै कमलाे मन भएकी सहयाेगी स्वभावकी थिइन् उनी । दुईवर्ष अगाडि दुर्घटनामा छाेरा बित्याे । त्याे शाेक नसकिदै छ महिना अगाडि रक्तक्यान्सरले श्रिमान पनि बिते । उपचार गर्दा गर्दै सारा सम्पति सकियाे । सरसापट ऐंचाे पैचाे सारा गाउँले आदर गर्थ्याे । छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी, तीनदिन अगाडि खाेरेतले पल्लाघरेकाे भैँसी मर्याे, एक महिना अगाडि तल्लाघरेकाे नानी निमाेनियाले बित्याे, माथ्लाघरेकाे बाख्रा मल खाएर छेरउटी लाग्याे । यी सबै घटनामा समाजमा गाईँगुईँ कुरा काटियाे सुब्बिनीका आँखालागेर यस्ताे भयाे । अनिष्ठा भयाे । गाउँकाे चाैतारीमा बैठककाे उर्दी जारी गरियाे । बैठकमा धमाधम गउँलेहरू जम्मा भए । सुब्बिनी पनि उपस्थित भइन् । भैसेले भन्याे ऊ बाेक्सी आई, निमाेनियाँले भन्याे बाेक्सी आई, बख्रेले भन्याे डाईनी आई । सुब्बिनी बरखी पहिरनमा चुपचाप एकछेउमा बसिरकेकी थिइन् । वडा अध्यक्षले” केहाे सुब्बिनी तिम्रा कारणले गाउँमा अनिष्ठा भयाे भन्ने उजुरी छ नि, तिमी के भन्छ्याै?” । यती शब्द खस्न नपाउँदै पुरूष नारी सुर्कदै , महिला फरिया उचाल्दै ” हाे हाे यसकै कारणले सब भएकाे हाे, याे बाेक्सी हाे बाेक्सी हाे”। लछारपछार कुटपिट शुरू भयाे । जसरी धनियाँ भुनियाँ, चमेली, काली धनसरा चुटिएका थिए । सूब्बिनीका छेवैमा अध्यक्षले भिरेकाे खुकुरी दापबाट थुतेर गर्जदै खुकुरी नचाउँदै भन्न थालिन्” एक शब्द बाेलिस भने सबैलाई गिँडिदिन्छु। लाेग्ने मर्दंमा, निसहाय हुँदैमा एकलमहिला बाेक्सी हुन्छ ? ” सुब्बिनी रिस आवेगबाट चेतमा आएर हेर्दा मान्छेहरूकाे भागाभाग भएछ, भीड तिरबितर भएछ, काेही भागेछन्, काेही चुप भएछन् । अनि खुकुरी फ्यात्त फालेर भनिन् ” थुईक्क समाज,थुईक्क जनप्रतिनिधि, थुईक्क लाेकतन्त्र, थुईक्क शिक्षा थुईक्क,थुईक्क,थुईक्क ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

15 hours ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

15 hours ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

15 hours ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

3 days ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

3 days ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

3 days ago