माहेश्वरी भट्ट
कञ्चनपुर
“दिदी, यो ‘श्रावण प्रिमियम प्याक’ लिनुस्।”
“के–के छ त्यसमा ?”
“हरियो चुरा, पोते, मेहेन्दी, पूजा–थाल, शिव–स्टिकर, सौभाग्य–धागो… अनि एउटा सानो जलपात्र।””मूल्य?”
“साढे चार हजार।”
युवतीले बिना मोलमोलाइ पैसा तिरिन्।
पसलबाहिर ठूलो ब्यानर फर्फराइरहेको थियो— ‘श्रावण महोत्सव : सौभाग्यमा विशेष छुट !’
त्यही ब्यानरमुनि एउटी वृद्धा बसेकी थिइन्। हातमा पुरानो सिक्काको मुठी।
“बाबु, बेलपत्र छ ?”
“भित्रको सामान किन्नुस्, छुट्टै बेचिँदैन।”
“मलाई बेलपत्र मात्रै चाहिएको…”
“त्यसो भए मन्दिर वरिपरि खोज्नुस्।”
वृद्धा बिस्तारै उठिन्।
पसलभित्र बिल प्रिन्टरले अर्को रसिद उछिट्ट्यायो।
त्यसै बेला पसलको कर्मचारीले झुकेर ब्यानरको एउटा कुनो बाँध्यो। हावाले चुँडिएको हरियो रिबन भुइँमा खस्यो।
वृद्धाले त्यो रिबन उठाइन्।
हातले सुम्सुम्याइन्।
आँखामा लगाइन्।
अनि खाली हात मन्दिरतिर लागिन्।
दुकानदारले रसिदको थुप्रो मिलाउँदै भन्यो— “यसपालि त श्रावणले राम्रै कमाइ दियो।”
बाहिर घण्टी बजिरहेको थियो।
भित्र क्यास मेसिन।
दुवैको आवाज एकैचोटि गुञ्जिरहेको थियो।
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…