सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“के गरेको यस्तो दादा?”
लक्ष्मीले जागेको हातबाट निरूलाई छुडाउँदै भनी।
“तिमी बिचमा न बोल हाम्रो घरको कुरा हो।”-जागे रिसाउँदै फतफतायो।
“किन त्यसो गरेको जवान छोरीलाई लाज लाग्दैन हजुरलाई ?”-लक्ष्मीले चर्को स्वरमा प्रश्न गरी।
निरू रोइरहेकी थिई। जागेले एउटा छडीले उसको खुट्टामा जोडले हान्यो।
“अँझ रून्छेस् ? तलाईँ पढन पठाएको होकी खेलेर आउँन अहिले पनि फेल भईस।”- जागेले निरूलाई हकार्दै भन्यो।
“निरू बिहानै उठेर घाँस काट्न जान्थी। जागेले साहुका दुईटा थारा भैँसी पाल्न राखेको थियो। आफुलाई तास खेल्न ठिक्क हुन्थ्यो।कहिले घरमा कोही नभएपछि उसलाई भैँसी फुकाएर ग्वाला जानुपर्दथ्यो।
स्कुल मुस्किलले एक वर्षमा दुई सय दिन जति उसको हाजिरी हुन्थ्यो। फिस पनि केही महिना देखिको परीक्षामा बुझाएको हो।नियमित फिस पनि जागेले दिएन।
अहिले दोस्रो पटक पनि निरूको बिषय लागेको छ।
“तँ जस्ता छोरी हुनुभन्दा त नभएको भएपनि राम्रै हुन्थ्यो।”-जागे आफैँ फतफताई रहेको थियो।
“यो फेल हुनुमा यसको मात्रै कसुर छैन हजुरको पनि छ। आफुले तास खेल्ने जाँड खाने र छोरीको फिस न तिर्ने ? अनि गल्ती पनि उसैको देखाउँने । अब लगाउ त हात बोलाउँ छु प्रहरी ! छोरीलाई त पुशु जस्तै मान्ने छडीले पिट्छन् ? कसैको बाबाले? एउटा बिषय लागेको छ तैपनि त्यसको जाँच गराए पास पो हुन्छे कि?
“सबै बिषयमा राम्रो ग्रेड छ।”-लक्ष्मीले जागेको हातबाट छडी खोसेर फाल्दै भनी।
ऊ केहि बोलेन चुपचाप सुनिरह्यो।

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

6 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

6 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago