Categories: बाल कथा

बिचारा म


सरस्वती शर्मा छेत्री
छोटा रांगारुन चियाबारी
दार्जिलिंङ

बारीको कान्लामा बसेर म सोच्न थालेँ। गाॅउको जीन्दगी नै ठीक थियो, शहरको त्यो कहालीलाग्दो जीन्दगी, सोच्थे म
शहर गएर जीवन बदलिनेछ, राम्रो काम पाइन्छ अनि धेरै पैसा जोगाड़ गर्न सकिन्छ।
तर सोचेजस्तो सबै कुरा कहा हुन्थ्यो र।
ठूला भवनहरु, गाड़ीको भीड़, प्रदूषणले भरिएको त्यो शहर मेरो कल्पनाको ठीक बिपरित थियो।
शहरमा घर निर्माण गर्ने कार्यमा मैले काम पाए। दिनभरि ईटा बोग्दा ढाड दुख्ने, हातमा फोकाहरु उठ्ने साॅझ परेपछि सस्तो होटेलको साॅधुरो कोठामा लखरतरान भएर फर्किदा रून मन लाग्थ्यो।
देख्नु सुन्नु केही छैन, गाउँ सँग सम्पर्क नभएको पनि धेरै भयो।
एक दिन अचानक कामबाट घर फर्किदा गाउँको सम्झना आयो।
गाउँको शान्ति,हरियाली, चरा चुरुङ्गीको चिरबिर।
शहरले मेरो सपना पुरा गरेन तर मैले सिकेँ जीवनको वास्तविकता के हो।
मैले शहर छोडेर आफ्नै माटोमा मेहेनत गरेर पसिना बगाउने संकल्प गरे।
गाउँ फर्किॅदा सारा गाउँलेले मलाई देखेर भने – शहरबाट फर्किएछौ नि ! मैलै मुस्कुराउँदै भने – बिचारा म शहरको सपना देखेर धोका पाएँ। तर अब थाहा पाएँ खुशी यही छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 hour ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 hour ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

2 hours ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago