प्रेम पुन मगर
ढोरपाटन ४ बागलुङ हाल पोखरा

“चित्र कोरेर मात्रै हुँदैन नि नानी यसको नाम पनि लेख्नुपर्छ।” बाँदरको चित्र बनाइसकेर कापी पेन्सिल पाखा लाएर बसेकी सानी नातिनीलाई तिर्थबहादुरले भने।
“यसको नाम के हो जुबा ?” नातिनीले आफ्नै पारामा सोधिन्।
“बाँदर लेख।” उनलेे भने।
“ह्या ! कस्तो नाम हो बादर ? म त लेख्दिनँ। “उनले जिद्दी गरिन्।
” त्यसो भए लंगुर लेख।” उनले माया गर्दै भने।
नानीले उनको कुराको वास्ता नै नगरी इङलिसमा ( monkey ) मंकी लेखिन् र भनिन्।
“हजुरलाई यसको नामै नआउने रैछ नि। यसको नाम त मंकी हो।”
तिर्थबहादुर एकछिन सोचाइमा दुबे। त्यसपछि मनमनै गुने “हे भगवान! कस्तो जमाना आयो आफ्नो भाषा थाहा छैन इङलिस चैँ जान्नैपर्ने ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

36 minutes ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

49 minutes ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 hour ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago