Categories: बाल कथा

बिचित्रको दुनिया


राज कुमार कार्की
कटारी-१,उदयपुर

“जातीय भेदभाव अब हाम्रो ठाउँमा छैन ।”, भन्दै पण्डित जनार्दन जातीय भेदभावको खेदो खन्न थाले। आफ्नो आँगनमा अड्याइएका सवारी साधन हेर्दै उनी आफ्नो नोकर रामेसँग फुइँ चुट्तै थिए ।
रामेले केही डराए झैँ गरेर भन्यो, “हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक हुन्छ बाजे।”
रामेको कुरा नसुने झैँ गरेर अझै धाडस दिँदै भन्दै थिए, “हेर् आज तिमीहरूको पू्र्खाको पूजा हुँदै छ जा मिठाई मागेर खा।”
“विश्वकर्मा बाबा बोल्ने भए त्यसलाई पनि लात हानेर खेदाउने थ्यौ है बाजे।” रामेले जिस्किँदै भन्यो।
रामेको कुरो वास्ता नगरी पण्डितले घरभित्र हेरेर पण्डित नि आमैलाई भने,”ए बुढी यो रामेलाई पूजाको प्रसाद देउन।”
पण्डित्नी आमैले झट्ट प्रसाद ल्याइन् र दिँदै, “छोलास् है मोरा पर बस।”
रामेका अगाडि प्रसाद राखेर पण्डित्नी भित्र पसिन।
रामे बसेको ठाउँबाट जुरुक्क उठ्यो। पण्डितलाई बिस्मित नजरले हेर्यो । उसका आँखाले धेरै प्रश्न गरे।
ऊ हिड्दै भन्दै थियो, “एउटा दलितको पूजा र सम्मान अर्कोको घोर अपमान ,कति बिचित्र छ दुनियाँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

3 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

3 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago