Categories: बाल कथा

“धनी बुबा र उनको छोरा”


भुमिराज शर्मा

एक दिन एकजना धनी बुबाले आफ्नो छोरालाई गाउँको यात्रामा लिएर गए। उनी आफ्नो छोरालाई कसैको गरिबी कस्तो हुन सक्छ भनेर देखाउन चाहन्थे। उनीहरूले एउटा गरीब परिवारको घर र वरपरको वातावरणमा एक दिन र एक रात बिताए।
यात्राबाट फर्केपछि, बुबाले आफ्नो छोरालाई सोधे, “यात्रा कस्तो रह्यो?”
“यो निकै राम्रो थियो बुबा,” छोराले जवाफ दियो।
“तिमीले देख्यौ, मानिसहरू कति गरीब भएर बाँच्दा रहेछन्?” बुबाले सोधे।
छोराले भन्यो – “हजुर बुबा, राम्ररी बुझें”।
“त्यसो भए, मलाई भन, तिमीले यो यात्राबाट के सिक्यौ ?” बुबाले सोधे।
छोराले जवाफ दियो: “हामीसँग एउटा कुकुर छ, उनीहरूसँग तीनवटा छन्। हामीसँग कुनै गाई, भैंसी, बाख्रा, कुखुरा छैनन् । उनीहरू सँग छन् । हामीसँग एउटा पौंडी पोखरी (Swimming Pool) छ, उनीहरूसँग नदी, खोला र पोखरीहरू छन्। हामीसँग राति चम्किने केही ट्युबलाइटहरू छन्, उनीहरूसँग असंख्य ताराहरू छन्।”
छोराले अझै थप्यो – ” हामी खानेकुरा किन्छौँ, उनीहरू आफैँ उत्पादन गर्दा रहेछन् । अनि उनीहरूको खाना कस्तो फ्रेस र स्वादिलो पो रहेछ । हाम्रो सुरक्षाको लागि गेट र घर वरिपरि अग्ला पर्खालहरू छन्, उनीहरूसँग साथी र छिमेकीहरू छन्। हामी फुर्सदको समय बिताउन टेलिभिजन, इन्टरनेट प्रयोग गर्छौँ, उनीहरू आफ्नो परिवार र आफन्तहरूसँग समय बिताउँदा रहेछन् । हामी आफ्नो काम एक्ला एक्लै गर्छौँ । उनीहरू त एक अर्कालाई सघाउँदा रहेछन् । हजुरलाई चिन्तै चिन्ताले निदाउन मुश्किल हुन्थ्यो , उनीहरू त मस्त निदाउँदा रहेछन् ।”
छोराको कुरा सुनेर बुबा उत्तरविहीन/बोल्न नसक्ने भए।
त्यसपछि छोराले थप्यो: “हामी कति गरीब रहेछौँ भनेर देखाउनु भएकोमा धन्यवाद, बुबा।”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

3 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

4 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago