Categories: बाल कथा

बुझाइ

ढाकामोहन बराल
पोखरा ७ मासबार, कास्की

बिहान झिसमिसेमा नै खत्री बा छोराछोरीलाई उठाउनु भयो । छोराछोरी आँखा मिच्दै उठेर नित्य कर्म सक्दा सम्म उज्यालो भयो। “ल आफ्नो आफ्नो पुस्तक समातेर पढ्न बस ।” उहाँले भन्नु भयो।
खत्रीबा बिहानको मेलामा निस्कनु भयो।
“खत्रीबा आफू नपढे पनि छोराछोरीको पढाईमा कति सचेत हुनुहुन्छ।” छिमेकी उर्मिलाले भनिन् ।
” हो त बिहानको शान्त वातावरणमा पढेको धेरै राम्रो हुन्छ नि ।” राकेशले पनि श्रीमतीको कुरामा सहमत जनाए।
उनीहरु बिहानको खाना खाएर एकघण्टा परको शहरमा जागिर खान हतारिँदै निस्कदैं थिए। एक बिहानको मेलो सकेर खत्री बा आइपुग्नु भयो।
“खत्रीबाका छोराछोरी साह्रै ज्ञानी छ्न्। बिहानै उठाएर पढ्न बसाल्नु हुन्छ। बिहान पढेको धेरै राम्रो हुन्छ। ” राकेशले भने।
” खोई पढाईको कुरा त म के बुझुँ । बिहान चाँडो उठाईदियो भने बेलुका चाँडै सुत्छ्न् केटाकेटी । बिजुलीको पैसा कम चढ्छ।” खत्रीबाले आफुले बुझेको कुरा भन्नु भयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 minutes ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

17 minutes ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

23 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

24 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago