Categories: बाल कथा

यही कुरा

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

“छोरी रात नछिप्पिदै घर आउनु।”
“तपाईँ अझै पुरानै जमानामा हुनुहुन्छ । खोइ त्यही कुरा दाइलाई भन्न सक्नु भएको ।”
“ऊ त छोरा मान्छे हो नि। अनि तिम्रो पहिरनले पनि कसैको तिमी उपर गिद्दे दृष्टि पर्न सक्छ , बेलैमा सतर्क होउ।”
“यो स्वतन्त्रताको समय हो । यौवन फेरि फर्केर आउँदैन । अहिले नै त हो मन लागेको खाने। इच्छा अनुसार पोषाक लाउने । चाहेको ठाउँमा जाने। पछि कस्तो घरमा परिन्छ। कसलाई पो थाहा हुन्छ र!”
“यी सवै तिम्रै हितका लागि भनेको हुँ। चरित्रमा दाग लागे मेटाउन सकिदैन । मेरो आँखा छलेर राम्रैसंग स्वतन्त्रताको उपयोग गरेकी छु भन्ने सोच नराख ।”” ढुक्क हुनुस् बुवा। म अरुको जस्तो छोरी होइन । यो बेला मेरो रहरमा तगारो नबन्नुस्। कम्तिमा छोरा र छोरी बीच समानताको नजरले हेर्नुस् ।”
“अन्तिममा एउटामात्र कुरा सुनाउँछु। सुन्ने धेर्यता राख है।”
” तपाईँको कुरा पचाउन त गाह्राे छ। तैपनि भन्नुस् ।”
” जो जसले जीवनको सही बाटो बिराएको कारण समाजमा मुख छोपेर हिडिरहेका छन् ,उनीहरूले पनि आफ्नो बाबुलाई यही कुरा भन्ने गरेका थिएनन् त !””

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

हिसाब

महेन्द्र चालिसे “विकल निवास” आरुबारी, काठमाडौं बाबाले जीवनभर खेत जोते, बिरामी पर्दा आमाले रातभर जागेर…

14 hours ago

असारको पन्ध्र

रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…

14 hours ago

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

2 days ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

2 days ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

3 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

3 days ago