माहेश्वरी भट्ट
शान्ति सन्देश दिनु भनी,
आउनु भयो बुद्ध यही।
लुम्बिनीमा जन्म लिए,
सत्य मार्ग देखाइ दिए।
कसैलाई नदुखाऊ है,
मनमा मैत्री सजाऊ है।
क्रोध होइन, प्रेम गर्नु,
सबैलाई सम्मान गर्नु।
बुद्ध जयन्ती आयो आज,
सबै खुशी मनाउँ यो साज।
दीप जलाऔँ, फूल चढाऔँ,
शान्तिको गीत मिलेर गाउँ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…