विके माकजू
तापको लाग्यो लर्को
घाम भयो चर्को
पापी ए! अधर्मी
जा जा पर गर्मी
चैत बैशाख जेठ यो
भय धेरै रोगको
मौसम पठा नर्मी
जा जा पर गर्मी
भुन्भुन् झिंगा भुउँ
लामखुट्टेको तुउँ
अति भो बेशर्मी
जा जा पर गर्मी
तँ धुपको के भर
डडेलोको भो डर
हुन्नस् किन शर्मी ?
जा जा पर गर्मी
खोजी यताउता
चिसो बतास पठा
बनेस् पवन कर्मी
जा जा पर गर्मी।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…