सुरेशकुमार पाण्डे
दाङ घोराही १८
बुद्ध पुर्णिमा बाट
केही सिकौँ सिकाउँ हामी,
सबै मिलेर यो देशलाई
बलियो बनाउँ हामी।
गौतम बुद्ध शान्तिका दुत्
प्रेरणा लिनुपर्छ सधैँ,
बुद्धको संदेश बोकेर
हिंडौँ गाउँ गाउँ हामी।
देशमा आक्रामण हुँदैछ
बुद्धकै नाउ लिएर,
सारा नेपाली फाटेको
मनलाई सिलाउँ हामी।
देश विदेशमा छरिएर
बसेका नेपाली सबैले,
यो देशको निमित्त
थोरै पसिना मिसाउँ हामी।
आउ सारा नेपाली हो
हिमाल पहाड तराईका,
देश विदेशमा बुद्धको
अभियान उठाउँ हामी।
संसारमा बुद्धको
इतिहासलाई बङ्गाएकै बेला,
वीरहरूको नसा- नसामा
जोस देखाउँ हामी।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…