डा. छायादत्त न्यौपाने
हाम्रो घरबारीमा
फलहरू फल्दछन्
फल बाेटभरिमा
चराहरू बस्दछन्
पुतलीकाे हुल
त्याे फुर्रफुर्र नाचेकाे
माहुरीकाे हुलले
फूल रस चाखेकाे
रुख रुख चरीले
गुँड बनाइरहेकाे
त्यै गुँडमा बसेर
मिठाे गीत गाएकाे
चरी गीत सुनेर
छिटाे छिटाे उठेँ म
हात मुख धाेएर
डुल्न फिर्न हिँडेँ म।
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…