Categories: कविता

“बूढो सिमल”

मचिन्द्र खत्री

शिशिरको प्रभावमा,फुल्न लाग्यो बूढो सिमल
प्रियसीको अभावमा फुल्न लाग्यो बूढो सिमल।

जताततै हल्लाउने उत्ताउलो चञ्चल गर्ने
पवनको बहावमा फुल्न थाल्यो बूढो सिमल।

केवल छ फुल्नु जीवन त्यसपछि भुवा हुँदै
झर्ने उड्ने लगावमा फुल्न थाल्यो बूढो सिमल।

दु:ख सुख यसरी नै शताब्दीयौ एवं रीतले
सिमलकै स्वाभावमा फुल्न थाल्यो बूढो सिमल।

नाङ्गिएर झ्याङ्गिएर प्रेममा ऋतु अनुसार
मिलनको यो ख्वाबमा फुल्न थाल्यो बूढो सिमल।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

24 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

1 day ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 days ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 days ago