रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
‘यो रकम हजुरको छोराको पढाइको लागि हो ।’ हेडसर भन्दै थिए । ‘यो छात्रवृत्तिको पैसाले छोरालाई कापी, कलम, किताब, झोला के के चाहिन्छ त्यही किन्दिनु होला है ? ल सही गर्नुस् त !’
‘हस् सर !’ यति भनेर उसले छोरालाई पनि बोलायो र भन्यो -‘ल छोरा आइज तँ पनि ! हेडसरले भनेको ठाउँमा तँ पनि सही गर् ।’ सही गराइसकेपछि उसले छोरालाई तुरुन्तै कक्षामा पढ्न पठायो।
बेलुकी घर पुगेर बुढीलाई मासुको पोको थमायो -‘ला बुढी आज मुख फेर्नुपर्यो । यो गिरिराजको भुटुवा तयार भएपछि मलाई दुई तीन पिस चखा है ?’ छोरालाई पनि बोलाएर एउटा बिस्कुट र कापी दिँदै भन्यो -‘ ल राम्ररी पढ्नू, जे पायो त्यही नगर्नू, राम्ररी पढ्नू !’
उसको अर्डरबमोजिमको खाद्य बुढीले टक्र्याई। छोरो पढाइमा व्यस्त थियो। बुढी भान्सामा व्यस्त भई अनि आफैले भान्छामा गएर गिलास लिएर आयो, लुकाएर ल्याएको जिनिस फोर्यो र एकछिनपछि छोरालाई बोलाएर नसाको तालमा बर्बराउन थाल्यो -‘हेडसरले राम्ररी पढ्नू भनेका छन्।जहाँ पायो त्यहीँ नजानू,जे पायो त्यही नखानू! कुरा राम्ररी बुझिस् नि?’
लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…