घनश्याम रेग्मी
ज्यादै जाडो बढेको छ मौसमी चक्र हो यही
वृद्ध बच्चा सबैलाई जोगाऔँ ध्यान लौ दिई।
तातो खाना लुगा न्याना राम्रो होस् व्यबहारमा
हेर आनन्द मिल्नेछ जेष्ठ पुस्ता स्याहारमा।
जेष्ठ पुस्ता कथा हालून् पुराना दिनका मिठा
न्यानो सेकेर कोठामा तातोपानी सँगै चिया।
मिठो बोली सकिन्थ्यो के भित्रमा ममता भए
मठ मन्दिर दौडिन्छौ घरैमा राख ध्यान हे।
बाबा हुन् जगका मूल आमा धर्ती समान छिन्
बाबुको प्राप्त भो सत्ता आमा हुर्काइ पाल्दछिन्।
हामी बालक स्याहार सुसारो अति गर्दछौँ
भावी आशा सँगालेर भोलि खोज्न सधैं बढ्यौँ।
हाम्रालागि बुबा आमा देवता बुझ्नुपर्दछ
सृष्टिको मूल बिर्सेमा भूल ठूलो ठहर्दछ।
हामी उन्नति होस् भन्छौँ आफ्नो कल्याण चाहने
बृद्ध पुस्ता यता बिर्सी समृद्धि खोज्न चाहने?
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…