Categories: बाल कथा

ब्यावहारिक ज्ञान

तुलसी पण्डित

काका तपाईको छोरो बाहिर गएको हो ।उसले इन्जिनियर पढेको होइन र?
उसले रुञ्चे मुख लगाउदै भन्यो।
“के गर्ने दाइ उसले यहाँ नोकरी पाएन । अरु काम गर्नका लागि ब्यावहारीक ज्ञान छैन।”
ढलेले सोच्यो । छोरालाई पढाइको साथै व्यावहारिक ज्ञान दिनु पर्ने रहेछ।
उसले छोरालाई भन्यो । “ल हेर बाबु मेरो हात । तिमी यस्तो काम गर्न सक्छौ?”
छोराले बाबाको हात हेर्यो । हात भरी ठेला उठेका थिए। त्यै ठेला पनि फुटेर अर्को ठेला उम्रेको थियो । हात फलाम भन्दा पनि साह्रो।


छोराले सोच्यो । “नाइ बाबा म यो काम गर्न सक्दिन। ”
“हेर बाबु हामीले पढाइको साथै अरु काम पनि जानेको हुनुपर्छ । नत्र भोलि आफूलाई धोका हुनेछ।
यो कुरा सुनेर रुञ्चेले बाबालाई फुर्सद भएको बेला सहयोग गर्दै रह्यो।
उसले बाबाबाट धेरै ज्ञान लियो ।जून ज्ञान अहिले आएर उसलाई निकै उपयोगि भयो । ऊ सँगै पढ्ने साथीहरु सबै विदेशिए । ऊ चाहि बाबा सँग लिएको ज्ञानलाई उपयोग गर्दै आर्गानिक तरकारी उत्पादनमा लाग्यो । उसले माग अनुसार पुर्याउन न सक्दा अरु पाँच बिघा जग्गा भाँडामा लिएको छ।
जान्नेबुझ्नेहरुले भन्न थाले । ” शिक्षामा व्यावहारिक ज्ञान हुनु अनिवार्य रहेछ । हाम्रो शिक्षामा व्यावहारिक ज्ञान न भएकोले अहिले विदेश जानेको सङ्ख्या तिब्र रुपमा बढी रहेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

6 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

6 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago