Categories: कविता

“कल-झगडा”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

एक्कै छिन् त सुन्दा पनि भएँ झसङ्ग
मेरा बाले कल गरेछन् तिम्रा बासँग।

हाम्रो बिचमा त्यस्तो कैल्यै हुन्न लफडा
बाहरूको किन हुन्छ कल-झगडा
नबुझेर ट्वाल्ल परेँ भएँ खङ्ग्रङ्ग
के दुश्मनी रै´छ र हो तिम्रा बासँग ?

कसले कुन्नि कैले कहाँ कस्तो बिगार गरे ?
सधैं मिल्ने मान्छे आज किन त्यसै लरे ?
आफ्नो भने मन त्यसै भयो भरङ्ग
मेरा बाले निहुँ खोजे रे तिम्रा बासँग।

सँगै हाँस्दै, गफ गर्दै हिँडिरा´छन् ऐले
सुन्दै छु म चिया पिउन पसल गा´छन् ऐले
कैले लर्ने कैले मिल्ने परे म दङ्ग
मेरा बालाई सँगै देखेँ तिम्रा बासँग।

बाहरूको कुरा के हो उत्तर खोजियो
`कल´ भनेको `फोन गर्नु´ हो भन्ने बुझियो
रमाएँ म, मक्ख परेँ, भएँ फुरुङ्ग
मेरा बाले कल गरेछन् तिम्रा बासँग।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

6 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

7 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

1 day ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

1 day ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago