Categories: बाल कथा

“ब्युटी पार्लर”

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

तानसेनबाट दैलातुङ्ग फाँट तर्फ गुडेको बस भित्र यात्रुहरूको आपसमा कुराकानी सुरु हुन थाल्यो । “कहाँ हिड्नु भएको ?” सबैको एउटै जवाफ सुनियो ,”दैलातुङ्ग फाँटमा “। ” त्यहाँ तपाईंको घर हो र !” सबैको एउटै खालको कुरा आयो ” म त दैलातुङ्ग फाँटमा नयाँ खुलेको ब्युटी पार्लरमा हिँडेको ।” ” तपाईं त पुरुष मान्छे , पुरुषलाई पनि राम्रो बनाउने सेवा छ र ! तानसेनमा नभएको श्रृङ्गारका समाग्री दैलातुङ्ग फाँटमा कसरी सम्भव भयो ?” यो जिज्ञासा सबैले राखे। उत्तर पनि उस्तै उस्तै पाए” त्यहाँ श्रृङ्गार गर्ने मानिसको विशिष्ट कला रहेछ नि। तानसेनमा भिड थाम्न नसकिने लागेर त्यो पार्लर दैलातुङ्ग फाँटमा राखेको रे।” ” अनि त्यो ब्युटी पार्लरको बिशेषता के रहेछ नि?” ” जति पटक नुहाए पनि सौन्दर्यका कत्ति कमी नआउने ।” ” शुल्क निकै महँगो होला है ?” शुल्क धेरै सस्तो छ तर समय भने पाँच घण्टा भन्दा बढी लाग्दोरहेछ।” ” यो त संसारकै हाल सम्मको अन्तिम आश्चर्य भएन र! भन्नुस् त ,त्यो पार्लरले कसरी मानिसलाई लामो समय सम्म राम्रो बनाइ राख्न सक्दो रहेछ?” ” त्यहाँ कसरी बोल्दा सबैको नजरमा अनुहार राम्रो देखिन्छ त्यही सिकाइँदो रहेछ। किनकि मान्छेहरु सुन्दरता बिर्सिन्छन्,तर बचन जिन्दगी भर बिर्सदैनन् नि,होइन त!”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

9 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

10 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

1 day ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

1 day ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

3 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

3 days ago