Categories: बाल कथा

“मञ्जुरी”

रञ्जुश्री पराजुली

बिहे गर्ने उमेर कट्न लाग्दा रमोलाका बाबू आमालाई छोरीको बिहे नहोला कि भन्ने चिन्ताले सताएको थियो । बिहे भएको दस बर्ष पछि जन्मिएकी थिई छोरी । छोरी पनि छोरा समान हो भनेर मन बुझाएका थिए ।
रमोला दस बर्षको उमेरमा गाँउले मिल्ने दौतरी सीता सङ्ग घाँस काट्न गएको बेला अर्कै गाँउका खराब केटाहरुको जमातले ती दुईछोरीहरु माथि हातपात गरे । तर ती दुबै फुत्किएर रुदै कराउँदै गाउँ तिर दौडिए । उनीहरुको लुगा च्यातिएको थियो । अनुहार लुछिएको थियो । गाउँलेहरुलाई के चाहियो र ” रमोला र सीता बलत्कृत भए ” भन्ने हल्ला यत्र तत्र फिजियो ।
गाउँलेहरुको हेपाई सहन नसकेर रमोलाका बुबा प्रवास तिर बसाई सरेर हात मुख जोड्नको लागि श्रमिक बने । रमोलाको बिहे गर्ने बेला बित्न लाग्यो । त्यहाँ पनि केले उडाएर त्यो पुरानो खवर पुग्यो । एक कान दुईकान मैदान भयो ।
एक दिन साँझपख एउटा तन्नेरी युवा उनीहरुको घर आए । उनको साथमा एकजना पाकाव्यक्ति पनि थिए । रमोलाका बुबालाई ती युवा देख्दा ” यस्तै केटा सङ्ग मेरी छोरीको घरजम भए पनि हुन्थ्यो भनै मनमनले भगवान पुकारे । ती पाहुनालाई के कति कामले कसलाई भेट्न आउनु भएको भन्दै सोधी खोजी गरे । उनीहरुले पनि आफुहरु केटी माग्न आएको कुरा बेलिबिस्तार गरे ।
सङ्गै आएका पाका व्यक्ति केटाका मामा रहेछन् । उनले मधुरो आवाजमा” मेरो भाञ्जा अरवमा श्रमिक भएर काम गर्दा चोरीको आरोपमा दुई बर्ष जेलमा बिताएर आएको छ । निर्दोष सावित भएकोले उस्को सजाय कम भएर छुटेर आएको हो । यो कुरा सत्य हो । तर गाउँमा यसलाई चोर भनेर बस्न टिक्न दिँदैनन् । तपाईँको छोरी पनि बलात्कृत रहिछन् । तर पनि मेरो भान्जाले हुन्छ भनेर हामी केटी माग्न आएका हौँ ” भने । त्यो सबै कुरा सुनिरहेकी रमोला अगाडि बढेर ” म पनि बदमासहरुद्वारा लछार पछार मात्र भएकी हुँ । बलात्कृत होइन । तर पनि समाजले मलाई बलत्कृतको टीका लगाईदियो । म तपाईँको कुरा पूर्ण रुपले विश्वास गर्दछु अनि मलाई तपाईँको प्रस्ताव मञ्जुर छ। “

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 hours ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 hours ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 hours ago

सफलता

उमानाथ दाहाल "यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।" लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल…

4 hours ago

“पार्क घुम्न जाँदाको रमाइलो”

  रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…

1 day ago

मल्लिका

रीता मिश्रा तिवारी भागलपुर,बिहार सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता…

1 day ago