“ब्रस”

बिन्दु पौड्याल वस्ती

हातमुख धोएर
ब्रस गर उठेर
सानु मान्छेलाई
सानै ब्रस खोजेर

साना केटाकेटीको
सानै हुन्छ ब्रस
ब्रस हामीले नगरे
बस्छ मुखमा कस

मुख सफा राख्नुपर्छ
खाना खाएपछि
दुःख हुन्छ फेरि
किरा लागेपछि

ब्रस गर दुईपटक
तलमाथि गरी
नखानु केही कुरा
सुत्नेबेला भएसी

दॅात धेरै जोगाउन
खानुहुन्न चक्लेट
चक्लेट धेरै खाए
दॅात दुख्ने भय

दॅात सफा गरेर
ब्रस राख हेरेर
ब्रस सफा नभए
रोग लाग्ने भय

ठिक ठाउॅमा राख
भोलि फेरि चाहिन्छ
ब्रस गर्ने बेलामा
रोएर कहॅा पाइन्छ??

सारथि बाल पत्रिका

Recent Posts

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

50 minutes ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 hour ago

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

1 hour ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago