धनसिंह बिश्व
गेजिङ प० सिक्किम

बाटोमा मौरी र झिंगो बिच घनिष्ठ मित्रता भयो।
मौरीले साथी झिंगोलाई आफ्नो घर लग्यो । मौरीको घरभित्र पस्ने बित्तीकै झिंगो रिसाउँदै भन्छ “मलाई त निसास्सिएँ झैं भयो नी। उफ! के गनाएको साथी ? तिम्रो यो मधु गनाएर टाउको दुख्यो, रिंगटा लाग्यो। बान्ता आउन आँट्यो। अब म बस्न सक्दिनँ साथी। म बाहिर जान्छु साथी तिम्रो घरमा एकक्षण बस्न सक्दिनँ।” झिंगो रिसाउँदै लरबरिन्दै मौरीको घारबाट बहिर निस्कियो। मौरी पनि आफ्नो घारबाट बहिर निस्केर भन्यो, “पर्खन साथी केही त खाएर जाऊ। मेरो घरमा आएर केहि भएन।” के छ र खानु म गएँ ।” झिंगो रिसाउँदै हिँड्यो।
केही समय पछि फेरी भेट भयो।
झिंगोले खातेदार गर्दै भन्यो, “ओहो मित्र! आज मेरो घर जाँउ अतिथि सत्कार कसरी गरिन्छ म सिकाउँछु।” मौरी साथीलाई आफ्नो घर लिएर हिँड्यो। उड्दै गएर कुनै मरेको जनावर गनाउने सिनो माथि पुर्यायो।
मौरी बस्नु त के छेउमा नपुग्दै बान्ता गरी नाक छोप्दै भाग्यो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकृतिको कहालीलाग्दो उपहार

शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…

15 minutes ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

1 day ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

1 day ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago