Categories: कविता

“भन कुनसँग”


पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

दिन रम्छ घामसँग,
रात जुनसँग,
सारङ्गीतार लमतन्न,
आफ्नै धुनसँग।
दाैडी उफ्री पुगिहाल्छ,
पाठा थुनसँग,
कथा अक्षरसँग भन,
हिसाब कुनसँग ?
श्वास फाेक्साेसँगै हुन्छ,
मुटु खुनसँग,
धर समाज रमाउँछन्,
हाम्रा,गुनसँग।
मकै गहुँ डराउँछन्
कीरा घुनसँग,
आँखासँग दृश्य भए,
धुन कुनसँग ?
तरकारी रस मिठाे,
भुटुन नूनसँग,
लुगलुगी ठण्डाजाडाे,
भाग्छ ऊनसँग।
नाक फुली गला सिक्री,
कान सूनसँग
दायाँ हात वायाँसँग,
बायाँ कुनसँग ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago