Categories: Uncategorized

भारतबाट १२ जना बालबालिकाको उद्धार

भैरहवा, ३ कार्तिक । भारतका विभिन्न सहरमा बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन विताइरहेका बालबालिकालाई उद्धार गरेर नेपाल ल्याइएको छ । भारतमा रहेर नेपाल-भारतमा मानव बेचविखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इण्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो ।
शुक्रबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकालाई जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाइएको छ । आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव वेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाहरुले सहारा दिने किन इण्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार उद्धार गरिएकाहरुमा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् । किन इण्डियाले भैरहवास्थित विभिन्न संस्थाहरुको सहकार्यमा जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाएको हो।
विगतदेखि पारिवारिक, गरिबी र रोजगारीका लोभले बालबालिका उमेर नपुग्दै भागेर, आफन्त वा दलालको पंजामा परेर भारत जाने र त्यहाँ बेचविखनमा पर्ने गरेको उनले जानकारी दिए ।
उद्धार गरिएका बालिबालिकामा उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका १(१ जना छन् । उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार गरिएको हो ।
उद्धार गरिएका बालबालिकालाई नेपाल ल्याउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली दूतावास दिल्ली, सिद्धार्थनगर नगरपालिका, भारतका विभिन्न संघसंस्था, जिल्ला प्रशासन, प्रहरी, सशस्त्र लगायतले सहयोग गरेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानवीय कार्यमा किन इण्डियाले गरेको योगदान महत्वपूणर् रहेको जानकारी दिए । प्रजिअ अर्यालले आफन्त, दलाल र प्रलोभनले नेपाली बालबालिकाहरु बेचविखनमा पर्ने गरेको भन्दै यसलाई रोक्न सबै क्षेत्रले उत्तिकै काम गर्नुपर्ने बताए । सुरक्षाकर्मीले रातदिन खटेर काम गर्दा समेत दाललले विभिन्न भित्री नाकाको प्रयोग गरेर बालबालिकालाई भारत पुर्‍याएर बेचविखन गर्ने गरेको भन्दै उनले सबै मिलेर यसलाई रोक्न लागिपर्नुपर्ने बताए ।

सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

3 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

3 days ago