गणेश दवाडी
लेटाङ -९ मोरङ
नयाँ सालमा नयाँ मान्छे
पाठशाला आउ
क ख अ आ
मधुर स्वरले लय हाल्दै गाउ।
छुट्नु हुन्न कोही पनि भर्ना हुनलाई
कलम कपि पुस्तकका पाना छुनलाई
बालबच्चा डोर्याएर आमा स्कुल आउनु
कोपिलामा सुवास छर्न बाबा स्कुल धाउनु।
साक्षर बन्दै शिक्षित बनौं ज्ञानको सुन लाई
पाठशाला गई नाचौं राष्ट्रिय धुन लाई
सभ्यता र संस्कृतिको थिति बसाउनु
भर्ना गर्न ल्याउनु दाजु देस सजाउनु ।
दिदी बैनी भाउजू फुपू भाइ काका काकी
भर्ना अभियानको ठूलो लगाउ मिली झाँकी
बञ्चित हुन कोही नपरोस् पढ्ने बिरुवा सारौं
वातावरण मिलाऔं सबले भर्ना सफल पारौं ।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…