Categories: कविता

ज्ञानी नानी!

प्रदीप प्रखर पोखरेल
रेसुङ्गा न.पा.१४ पराल्मी,गुल्मी

बिहानै उठ्छु, पानी पिउँछु शुरूमा
गृहकार्य पक्का गर्छु हवस् गुरूमा।

भँगेरी फूलतिर ,गुलाव फूल्यो बोटमा
मौरी लागे घारतिर पाडा बाच्छी गोठमा।

भनेको मान्छु ,छु सफा पनि
कखरा पढ्छु ज्ञानी नानी बनी।

खाजा खान्छु साथीसँग हाफ छुट्टी हुँदा
मिचिमिची हात धुन्छु फोहरमैला छुँदा।

आमा बुवा गर्नुहुन्छ मेलापात पर्म
चारबजे छुट्टी हुन्छ सरासर घरमा।

आफ्नो कपडा मैले आफैले लगाएँ
फूर्सद हुँदाखेरी आमालाई सघाएँ।

साना साना मुने पाठी थुन्ने मेरो पालो
कुचोले मिल्काऊ दिदी माकुराको जालो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

10 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

11 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

11 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago