कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
सुन्दर भनाइ
मनमा सजाई
गरे के हुन्न र
मान्दछौ भलाई,
वासना हटाई
कर्ममा लगाई
सधैँ नै सोचौँ न
जान्दछौ भलाई,
समाज सताई
गर्दछौ कमाई
सिर्जना नगरी
खोज्दछौ भलाई,
कामना बढाई
चरित्र देखाई
वृत्ति छ लुट्ने
भन्दछौ भलाई,
हृदय जलाई
भावना सताई
उपकारी नबनी
बोल्दछौ भलाई,
व्यर्थमा रमाई
छैन क्यै कमाई
पर दोष दिँदै
सोँच्दछौ भलाई,
अरुनै खसाई
आनन्द मनाई
सधैँ पीडा दिने
गर्दछौ भलाई।
रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks!