Categories: बाल कथा

बाबाका किताब


डा.छायादत्त न्यौपाने

विदाकाे दिन, दिउँसो ४ बजेकाे समय थियोे । म खाटमा बसेर बालकविता लेख्ने प्रयासमा थिएँ । म सुत्ने खाटकाे सिरानीतिर केही किताबहरू थिए । जुम्ल्याहा नातिहरू नजिक आएर म पनि पढ्छु भन्दै किताब झिके । उनीहरूले पाना पल्टाउन थाले । सुरुमा पल्टाउँदै गए । म भित्र मन चस्के पनि क्यै नबाेली रमाइलो मानेर हेरेँ । नातिहरूले केही पाना पल्टाएपछि किताबहरू वरिपरि छर्न थाले । मैले मेरा किताब नछर न भनेर अनुनय विनय गरेँ । मेरो अनुनय उनीहरूलाई रमाइलो लागेछ । किताब झन् पर पुग्ने गरी मिल्काए । म रिसाए झैँ चर्काे बाेलेँ । उनीहरूले झन् उत्साही भएर च्यात्लान् झैँ गरे । त्यसरी निर्मम भएर किताबहरू फालेको दृश्यले भने मलाई साँच्चै गिज्यायाे । मनमस्तिष्क दुवै रन्थनिए असजिलो मानेँ तर उनीहरूलाई सम्झाएर राेक्न सकिनँ । एकछिन चलाऊन् पछि छाडिहाल्लान् भनेर चित्त बुझाउन पनि सकिरहेकाे थिइनँ र कुनै अर्को उपाय पनि सुझिरहेकाे थिएन । म कराएकाे सुनेर हाेला छाेरी आइन् । नातिहरू क्यै हच्के । मैले हुँ हुँ राेएकाे अभिनय गरेँ । छाेरीले “हेर, तिमीहरूले किताब फालिदिएर बाबा रुनुभयाे” भनिन् । उनीहरूले किताब फाल्न छाडेर मलाई हेरे । मैले हातले अनुहार छाेपेँ । उनीहरूले नराेऊ बाबा, अब नफाल्ने भनेर हात हटाउँदै मेरो अनुहार हेर्न खाेजे। छाेरीले “क्षमा गर्नु बाबा ,अब किताब चलाउँदैनौं भन” भनेर सल्लाह दिइन् । उनीहरूले त्यसै गरेर किताब किताबकै ठाउँमा राखिदिने काेशिस गरे । मैलेे अनुहारबाट हात हटाएँ। स्नेहवश दुवैलाई एकएक हातले अँगालोमा लिएँ । अचेल उनीहरू किताब चलाउँदैनन् बरू कसैले चलाए भने “नचलाऊ बाबाका किताब” भनेर सुरक्षा गर्छन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

23 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

24 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

24 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

2 days ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

3 days ago