“भानुकाे संझना”


मधुसूदनप्रसाद घिमिरे

दुर्लभ् थियाे लेख्न र बाेल्न लाई
त्यै बेलामा भानु जन्मेर आइ
लेखे उन्ले राम मानव् चरित्र
संस्कृतिका बिद्वान भानु मित्र

लेखे उन्ले बधु शिक्षा प्रणालि
लेख्दै हिडे फूट्कर काव्य मालि
संस्कृतिकाे रामका ग्रन्थलाई
नेपालीमा लेखी भाषा उचालि

पुग्थे जता लेखी हाल्थे कविता
भक्तमाला पुस्तक काव्य लिला
लेखे राखे छाप्न थियाे कठिन
भानु कृति उर्वरा चम्किइन

माेति जन्मे भानु कृति छपाए
आफना मिठा काव्य रस् फर्फराए
माेतिराम्ले भानुलाइ चिनाए
माेति आफैँ काव्य रस्मा रमाए

अल्पायुमै माेतिराम बिलाए
तीस बर्ष मै काव्य श्री नाम पाए
लेखे उन्ले सुक्ति सिन्धु, अनेक
प्रष्ट्याएर भानु भक्त बिषेश।