Categories: कविता

“भानुका गुनिला कर्म”


लालबहादुर भुजेल

दुईसय तेह्र, बर्ष अघि
जन्मिएका भानु,
भाषा अनि साहित्यकाे
उन्नयनका “रानु” !

संभ्रान्त र धनीमानी
थिए उनी पण्डित,
झारपातसँग हिंडदा-बाेल्दा
हुनसक्थ्याे दण्डित !

देश विदेश भानुभक्त
मुखाखर भाे हेर,
घाँसी उनका महागुरू
ओझेलमा ती खेर !

भानुभक्तबाट हाम्राे
शिक्षा हुन्छ शुरू,
उनलाई हेलाँ ग-याैँ भने
रून्छाैँ धुरूधुरू !

हतियार किन्न, सल्लाह दिए
बिसे नगर्चीले,
पृथ्वीनारायण कृतकृत्य
पाई त्याे अर्तीले !

लाेककाे हित गर्नु थियाे
कुवा खनाएर,
घाँसीकाे त्याे नि:स्वार्थ भाव
दिलमा सजाएर !

सँस्कृतिमै कविता लेख्ने
थियाे त्यति बेला,
नेपालीमा पद्य लेख्दा
गर्थे सवले हेलाँ !

प्रकृतिप्रेम छचल्किन्छ !
देशप्रेमकाे भाव,
घुसपैठ र ढिलासुस्ती
ब्यङ्ग्य अचूक राम !

भानुलाई जीवित राख्ने
रामायणका भाग,
बिद्राेह र लयसँगै
लाेकदर्शनकाे राग !

भानुलाई चिनाउँने
माेतीराम भट्ट,
माेतीमात्रै हाेइनन् तिनी
कुँदिएका चट्ट !

कृतिभित्र अनुशासन
परिश्रमी भाव,
सन्ताेषी नै सुखी जीवन
पूर्वीयदर्शनकाे राप !

आशुकवि उनी थिए
थियाे सटिक भाषा,
तिरिनसक्नु गुन उनकाे
युगाैँ – युगलाई खाशा !

सारथि बाल पत्रिका

Recent Posts

पुल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर "साच्चै डरलाग्दो बाढी । अकस्मात् अनि अकल्पनीय । सम्झदा पनि आङ…

7 hours ago

“भदाैकाे महिना”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…

8 hours ago

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

1 day ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

1 day ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

1 day ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

3 days ago