Categories: बाल कथा

अक्षर

 


लक्ष्मी रिजाल
कञ्चनरूप-१२,रूपनगर,सप्तरी

भानु जयन्तीको बिहानीमा ​मञ्चको कुनामा बसेकी एक वृद्धा टोलाइरहेकी थिइन् । त्यसबेला गाउँको विद्यालयको आँगनमा रामायण वाचनको तयारी चलिरहेको थियो । बालबालिकाहरूको कोमल स्वरले वातावरण गुञ्जायमान थियो । बिर्सने रोगले समातेकी ती वृद्धा बारम्बार एउटै कुरा फतफताउँथिन्, “मेरा बाबु अझै आएका छैनन् ।” उनको छोरा लाजले टाउको झुकाउँथ्यो, नातिनी चुपचाप हजुरआमाको हात समातेर सान्त्वना दिने प्रयास गर्थी ।
नभन्दै ​कार्यक्रम सुरु भयो । एक बालक मञ्चको माइक अगाडि उभियो र भानुभक्तको रामायण पाठ गर्न थाल्यो ।
​बालकको सानो स्वर वायुमण्डलमा फैलियो- ​”एकदिन् नारद् सत्यलोक् पुगिगया लोकको गरुँ हित भनी…।”
​पहिलो श्लोक कानमा पर्नासाथ वृद्धाका फुस्रा गाला भिजे । उनका आँखामा एउटा गहिरो चमक फर्कियो । उनी जुरुक्क उठिन् । काँपिरहेका पाइलाहरू कसैलाई नमानी सरासर मञ्चतिर बढे ।
“यही स्वर… यही त हो मेरा बाबुको स्वर !” उनी चिच्याइन् ।
मञ्चमा सन्नाटा छायो । मानिसहरू मुखामुख गर्न थाले ।
वृद्धाले मञ्चमा पुगेर वाचन गरिरहेको बालकको टाउकोमा स्नेहपूर्वक हात राखिन् र भनिन्, “मेरा बाबुले मलाई पहिलो अक्षर चिन्न सिकाउनुभयो । त्यसपछि यही रामायण सुनाउनुभयो । उहाँ बितेर गएको त दशकौँ भयो, तर आज यो स्वर सुन्दा लाग्यो- मेरा बाबु त कहिल्यै मर्नुभएकै रहेनछ !”
​त्यसपछि उनी पहिलोपटक मातृत्वको प्रगाढ मुस्कानसहित तल उभिएको आफ्नै छोरातिर फर्किइन्।
​”छोरा, मैले तिमीलाई नचिनेको होइन नि! म त आफ्नै बाबुलाई खोजिरहेकी थिएँ,यी अक्षरहरू भित्र लुकेका बाबुलाई।”
​आँगनमा उपस्थित भीड भावुक बन्यो । कयौँ आँखाका कुना भिजे । छोराले आँसु पुछ्दै आमालाई हेर् ​बालकले पुनः रामायण वाचनलाई निरन्तरता दियो। वृद्धाले आकाशतिर हेर्दै हात जोडिन् र ओठमा एउटा सन्तुष्टिको मुस्कान छरिन्।
त्यस दिन त्यहाँ उपस्थित सबैले एउटै सत्य बोध गरे- मानिस त मर्छ र माटोमा विलीन हुन्छ, तर उसले हस्तान्तरण गरेको अक्षर र संस्कार कहिल्यै मर्दैन ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

पुल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर "साच्चै डरलाग्दो बाढी । अकस्मात् अनि अकल्पनीय । सम्झदा पनि आङ…

6 hours ago

“भदाैकाे महिना”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…

6 hours ago

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

1 day ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

1 day ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

1 day ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

3 days ago