Categories: बाल कथा

“भानुभक्त”

तुलसी पण्डित

बाबा भानुभक्त भनेका को हुन् ? आज उनको नाममा धेरै कार्यक्रमको आयोजना गरिएको रहेछ ।
“हेर भानुभक्त नेपालका एक प्रसिद्ध साहित्यकार हुन् । तिमीलाई थाहा छ भानुभक्तको कुन किताबले प्रसिद्धि पाएको छ ।” ” थाहा छ बाबा । उनको प्रसिद्धि पाएको किताब रामायण हो । उनी नेपालका आदिकवि हुन् ।”
” हो तिमीले ठिक भन्यौ । भानुभक्तले सँस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा कविता बनाएँ । हो उनले नेपाली भाषालाई कविताको माध्यमबाट एकतामा उन्ने काम गरेँ । आज सबै उनले लेखेको किताब रामायण भाका हालेर गाउने गर्छन् । अनि तिमी कहाँ गएर आएको नि ?”


“आज भानुको सम्झनामा साहित्य कार्यक्रमको आयोजना गरिएको रहेछ । म त्यहीँ गएर आएको । धेरै कविहरु त्यहाँ जम्मा भएका थिएँ । सबैले अति राम्रा कविताहरु वाचन गरेका थिएँ । ”
“के तिमीले पनि कविता वाचन गर्यौ त ?” गरे बाबा तर एक जना कविले मलाई ङिच्च पार्नु भयो ।” “के भन्नु भो बाबु तिमीलाई ?” “तिम्रो कविता भानुभक्त शैलीको रहेछ । के भनेको हो बाबा त्यो ?”
“भानुभक्तले लेखेको कविताहरुमा हलन्तको प्रयोग बढी भएको पाइन्छ । जून कवितामा भएको त्रुति आजकलका कविहरुले मान्दैनन् ।”
“भाषाको त्यति विकास न भएको बेला हो । सुरुमा भाषा एकताको लागि त्यतिको लेख्नु पनि ठूलो उपलव्धि होनि ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

19 minutes ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

37 minutes ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

50 minutes ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago