Categories: कविता

भानुभक्त

“सन्दर्भ भानु जयन्तीको”

केशव राज अधिकरी

सामन्ती युगका धनाढ्य घरका साहित्य श्रष्टा बनी
जे लेख्यौ युगको यथार्थ कविता बिर्सिन्न कोही पनि।
निर्माता पृथिवी थिए मुलुकको जोडे सबैका मन
भाषाको जग भानुको छ बलियो हामी सबैको धन।

चूँदेली धनधान्य पूर्ण घरका डुल्थ्यौ अरे शानले
दिन्थ्यौ चोट तुरुन्त बास नमिले साहित्यको बाणले
ज्यादै दु:ख गरेर कान्तीपुरमा के कामले धाउने
लाग्दो हो खुब लोभ चट्ट चपला देखेर के पाउने।

अर्कै लोक कतै अपार छ भने घुम्छौ कता लौ भन
के लेख्छौ कविता सुनाऊ सबमा त्यो लोकको वर्णन।
श्रद्धाभक्ति सदा छँदैछ बलियो स्विकार गर्ने गर
तिम्रै पूर्ब थलो मिल्यो यदि भने फर्केर हेर्ने गर।

उस्तै छन् मुखिया र हाकिमहरू उस्तैछ गाँठी चुरो
लाम्खुट्टे उपियाँ बढे अझ बढे हट्ने कहाँको कुरो।
भन्दै भोलि र भोलिका बचनमा डिट्ठा बिचारी तर
त्यो भोलि अझ भोलिनै छ अहिले फर्केर हेर्ने गर।

“बा आमा”पृय शब्द छैन अहिले डेडी र मम्मी अरे
बोक्रो रङ्गबिरङ्गमा बदलियो होला अझै के भरे।
डुल्दै छन् चपला गरेर नखरा अर्कै छ रे चक्कर
देखेको यहि हो पत्यार नभए फर्केर हेर्ने गर।

निँयालो र उन्यु अरे कलमको निर्माणका साधन
तिम्रो जाँगरले सिँगारिन पुग्यो साहित्यको आगन।
यस्तो दु:ख गरेर लेख्न कसिने रातै भरी जब्बर
कस्ता छन् अहिले बधू मन भए फर्केर हेर्ने गर।

सामन्ती युग सिद्दियो तर ठगी चर्को छ सामन्तको
सेवाका गफ मात्र हुन् तर कुनै मिल्दैन निस्वार्थको।
घाँसीमा पनि त्याग छैन अहिले सोचिन्न केही पर
सोतीको घरमा सुधार कति भो फर्केर हेर्ने गर।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

23 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

24 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

24 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago