गणेश आत्रेय
मदनपोखरा,पाल्पा
नेपालीको जनमनबिचमा भानु सच्चा उदायौ।
बोली मीठो लबज रसिलो भक्तिधारा उठायौ॥
छायौ हाम्रो मुलुक अवनिमा ज्ञान आभा जगायौ।
आफ्नो धर्ती झलमल हुने भावगङ्गा फिँजायौ॥
खोजी रोजी गहन विषयका भव्य अध्यात्म ज्ञान।
लेखी बाँड्यौ सरल पनमा शास्त्रका दिव्य शान॥
आफ्नै भाषा अनुरणन गरी देवभाषा बुझायौ।
नेपालीको रुचिकर मिठो रामगाथा सुझायौ॥
भाषाबाटै हृदयबिच पसी भावना एक पारी।
नेपालीको तन मन भ-यौ एकताको चिनारी॥
सिङ्गो यौटा मुलुक सबल यो पार्न भाषा समायौ।
हामीलाई जुट सब भनी काव्य सिर्जी रमायौ॥
ज्ञानी ध्यानी हुन रसमयको रामगाथा विचित्र।
सिर्जी ल्यायौ सहृदय मिठो काव्यधारा सचित्र॥
आफ्नै भाषा सुर लय रसिलो पढ्न पाए सबैले।
आस्था राखी कविवरविषे प्रेम गर्छन् मजैले॥
र्मालम्बी गहन विषयका हाँस्यका व्यङ्यमाला।
अर्ती मीठा मगज भरिने सभ्यता शिष्टचाला॥
आशावादी श्रमप्रति दरिलो स्नेह सम्मान बोकी।
मिथ्याचारी खल र शठमा द्रोह दुर्भाव झोँकी॥
हाम्रो भाषा ललितमय गरी काव्य सिर्जी फिँजायौ॥
हामीलाई कवि पथविषे हिड्न बाटो सिकायौ।
सच्चा बाटो जनम मरणको जिन्दगानी सजायौ।
यौटा राम्रो अमरपथको मार्ग रोजी रमायौ॥
रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…
ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…
गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…
घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…