Notice: Undefined variable: title_tag in /home/sarathib/public_html/wp-content/plugins/accelerated-mobile-pages/components/components-core.php on line 125

 

विन्दु अधिकारी ढकाल

“आज मलाई रून दिनु है आमा ! म स्कुल जान्नॅ । घरमा दिनभरि रोएर बस्छु ।” मन भारी पारेर छोरीले भनी। “हैन, यो केटी के नचाहिदो कुरो गर्छे हॅ ? ‘स्कुल नगइ रोएर बस्छु ?’ यो के बोली बोलेकी ? कि खोजौॅ केटो बिहे गरेर पठाउन ?” अलि झर्केर आमाले भनिन्।
“आमा, मेरी साथी विमला…!”
“किन ? विमलालाई के भयो र ?”
“उसको बिहे हॅुदै छ, अरे !”
“बिहे हॅुदै छ, अरे ! अनि, उसको पढाइ ?”
“त्यही कुरो त आमा ! यहॅा मलाई एक्लै पारेर जाने भई, विमलाले । म र ऊ कति मिल्थ्यौँ । स्कुल जान आउन सॅगसॅगैको त्यो ओहोरदोहोर पनि अब !” सावने झरी झैॅ स्वरमा छोरीले मनको वह पोखी।
“आमा, यसपालि म बेलायत जाने भएँ नि । यो खुसीको कुरो सुनाउन तपाईँलाई फोन गरेकी।”
“भिसा लागो ?”
“हो आमा, घुम्न जान भिसा लागो !”
“विमला, म आइपुगेँ ! तैले दिएको ठेगानामा गुगलले ल्यायो !”
“ओई संस्कृती ! यो हाम्रो भेट कति वर्षपछिको हो ?” विमलाले साथी संस्कृतीलाई गर्ल्याम्म अंगालो हाल्दै सोधी। “तीन दशक भयो, हैन त ?” प्रश्नवाचक शैलीमा संस्कृतीले विमलालाई उत्तर दिई।
“बिहेपछि म युके आइहालेँ”
“लाहुरेनी बनेर आएकी हैन त ?”
“तर यार, आज पनि मलाई उही समयको सम्झनाले मन भारी बनाइरहेको छ । कुन सम्झना होला ? बता त साथी, सुनौॅ !” विमलाको निवेदन थियो।
“तेरो बिहेको दिन ! बिदाइका ती आँसु !”
“सॅाच्चै, त्यो दिन मैले छोडेकी थिएँ, आज तॅ यहॅासम्म आइपुगिस् ! धत्, यति मिठो मिलनमा पनि हामी किन रोइरहेका छौँ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

22 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

22 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago