Categories: कविता

“भानुभक्त”


नरिश्वर गौतम

अठार सय एकहत्तर सालको असार उनन्तीस
श्रीकृष्ण बाजेको घरमा जन्मे बालक अलौकिक
गण्डकी प्रदेश तनहुँ जिल्ला त्यो चुँदीरम्घा गाउँ
धनन्जय-धर्मा वतीका छोराको भानु राखियो नाउँ।।

साहित्यप्रेमी बाजेको साथले पाएर शिक्षा ज्ञान
लगाई सानै उमेरदेखि नै साहित्यतिर ध्यान
रचेर सरल नेपाली भाषामा साहित्य अनेक थरी
पु-याए घरघर नेपाली भाषामा रामायण उल्था गरी।।

सबभन्दा पहिले नेपाली भाषामा कविताहरु लेखी
अनेक विधाले नेपाली भाषाको भण्डार भरेको देखी
चिनाई सारा विश्वमा नेपाली भाषाको एकता छवि
लेख्ने गीत गजल ती मोतीरामले नाम दिए आदिकवि।।

उन्नाईस सय पच्चिस असोज ६ गते छोड्यौ तिमीले संसार
बिर्सनौँ कहिलै त्यो तिम्रो योगदान रहोस् सदा अमर
सम्मान छ तिमीलाई नेपालीजनको हे राष्ट्रिय विभूति
श्रद्धा र भक्तिले गर्छौँ तिमीलाई नमन कोटीकोटी।।

सारथि बाल पत्रिका

Recent Posts

पुल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर "साच्चै डरलाग्दो बाढी । अकस्मात् अनि अकल्पनीय । सम्झदा पनि आङ…

15 hours ago

“भदाैकाे महिना”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…

15 hours ago

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

2 days ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

2 days ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

2 days ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

4 days ago