Categories: कविता

“भानुको सम्झना”


अम्बिका धिताल
भक्तपुर

तनहुँ माटो चुँदी र रम्घा पवित्र आँगन
आचार्य वंश धन्य नि भयो पायौ नि जीवन
हजुरबा बाट संस्कृत सिक्यौ पढेर चण्डी त
संस्कार अनि ज्ञानको ज्योति छरेर पण्डित।

घाँसीको कुरा सुनेर मन ब्यूँझाए भानुले
नेपाली भाषा पुर्याई सारा चम्काए भानुले
चुँदीको चिसो पानीमा रुझ्दै हुर्कियौ गाउँमा
नेपाली भाषा साहित्यलाई पुर्यायौ ठाउँमा।

नेपाली कला साहित्यका तिमी हे सच्चा पुजारी
शब्दको बास्ना फिँजाई दियौ भरेर भकारी
टुक्रेका भाषा अनेक थरी समेटी एकैमा
उज्यालो छर्यौ हिमाल पहाड तराई भेगैमा।

यो रामायण नेपाली भाषा उल्था नि गरायौ
मधुर लय पहाडी पाखा डाँडामा पर्यायौ
साहित्यबाटै मुलुक जोड्ने महान् छ सार्थक
भैदियो आज नेपाली भाषा विश्वमै उत्कृष्ट।

घाँसीको कुरा मनमा बिझ्दा जागायौ चेतना
तत्कालै फुट्यो काव्यको मूल मेटायौ वेदना
सङ्घर्ष बिच रच्यौ है कति कालजयी सिर्जना
गन्धर्व अझै गाउँछन् गीत मेटाई तिर्सना।

नेपाली भाषा साहित्यलाई भरेथ्यौ रङ्गले
मोतीले छापे तिम्रा ती कृति अपूर्व ढङ्गले
मोतीको साथ पाएर तिमी विश्वमा चम्कियौ
खडेरी पर्दा कलाको यहाँ भाषाले छम्कियो।

हाम्रो यो बोली हाम्रो यो भाषा तिम्रो है देन हो
सम्झन्छ आज नेपाली सारा पाएर चैन यो
हिमाल ,पहाड तराई खोँच गाउँछ गीत नै
भानुको नाम बोकेर बस्छ लाएर प्रीत नै।

भाषाकै निम्ति जीवन तिमीले दियौ नि आहुति
बन्यौ नि तिमी आफ्नै यो देशमा राष्ट्रिय विभूति
आदिकविको उपमा आहा! पहिरी शिरमा
मुटुमा राख्छौँ श्रद्धाको फूल चढाई शिरमा।

सारथि बाल पत्रिका

Recent Posts

पुल

महेन्द्र नेउपाने लोकन्थली, भक्तपुर "साच्चै डरलाग्दो बाढी । अकस्मात् अनि अकल्पनीय । सम्झदा पनि आङ…

16 hours ago

“भदाैकाे महिना”

रामप्रसाद पन्थी रेसुङ्गा न पा २, गुल्मी कल्ले पाे जान्याे भावीकाे खेल ईश्वर महिमा बनेर…

16 hours ago

‘फलामे गेट’ को सुगन्धित स्मृति: मञ्च, साधना र जीवनको अनुभूति

ईशान सुवेदी कक्षा ११, बूढानीलकण्ठ स्कुल, काठमाडौँ "नाटक मानवीय अस्तित्वको साङ्केतिक चित्रण गर्ने माध्यम हो…

2 days ago

“भोटेकोशीको उपद्रव”

गणेश आत्रेय मदनपोखरा,पाल्पा भोटेकोशी किन कुपित भइस् गर्जिइस् उम्लिएर। बस्ती गाडी पुल सडक सबै ध्वस्त…

2 days ago

“श्रीकृष्ण आऊ !”

घनश्याम रेग्मी अन्यायको चिर्न चरक्क छाती श्रीकृष्ण आऊ बलराम साथी कर्तव्य शिक्षा मुरली स्वरेक दीक्षा…

2 days ago

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

4 days ago