Categories: कविता

“भानुलाई सम्झिदा”

गंगा भण्डारी

नेपाली निधि भानुभक्त भगवान् श्री रामका साधक
लेख्यौ राम कथा व्यथा, समयका भाषा बन्यो बाहक
विद्या बुद्धि विवेक लेपन गरी चम्क्यौ सदा सर्वदा।
भाषा भूषण भानु लोक जगले सम्झन्छ तिम्रै कथा।।

गर्नू आर्जन ज्ञान मान मनितो पाइन्छ साँचो धन
राख्नू धर्म न खेल खेल धनमा दुर्गन्ध फैलाउन।
गर्नू काम दिएर चित्त त्यसमा हून् पूर्ण सारा कुरा
मीठा वात मिठास शब्द रसिला हून् सत्य साँचा कुरा।।

बाठो चोर ठगेर हैन चतुरो बन्नू गरी साधना
स्वार्थी भाव समाप्त कर्म भगवान् सम्झेर आराधना।
गर्नेको मन शान्त हुन्छ सहजै सन्तुष्टि मिल्ने फल
लक्ष्मी साथ सरस्वती पनि घरै आएर बस्छिन् तव।।

भन्दै कीर्ति फिँजाउने कलमले रोप्यो जहाँ जे जति
नारीका कर पाउ बन्धन कडा छन् व्यङ्ग्यका आरती।
लेख्यौ लक्षण त्यो थियो समयको कोल्टे परेको गति
कालो कानुन भित्र लेखन कला अल्झेर लड्थे कति।।

छन् शार्दूल र मन्द क्रान्ति मनमा उब्जाउने छन्दमा
छाँगा पर्वत कन्दरा नदनदी गुन्जाउँछन् छन्दमा।
हाम्रो जीवन छन्दकै लय लिई चल्दैछ चल्नेछ जो
सन्ध्या, रात, र प्रातकाल प्रतिभा खुल्छन् सबै छन्द हो।।

हे आचार्य कुलीन रत्न मणि हौ नेपालका चन्द्रिका
भाषा संस्कृतका सशक्त सविता सम्मान नेपालका।
बाजेका कर बाट पोषित भयौ शिक्षा सदाचारमा
प्यारा भानु प्रदीप्त दीप जगका जस्तै सआकाशमा।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

8 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

9 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

9 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

1 day ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

1 day ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

1 day ago