Categories: बाल कथा

म फर्किएँ

सुरेन उप्रेती पाँचथर
हाल एडमंटन, क्यानडा

हामी हङकङबाट फर्किँदा म पाँचबर्षको मात्र थिएँ । हङकङका केही धमिला स्मरणहरू अझै ताजा छन् । हामीसँग दुई महिना बसे पछी बाबा हङकङ नै फर्किनु भयो । हामी धरानमा बस्थ्यौँ । हामी बोर्डिङ स्कुलमा भर्ना भयौँ । म भन्दा सानो बहिनी थियो । हाम्रा जुत्ता लुगा र खर्चबर्च देख्दा अरू बच्चाहरूसँग हाम्रो छुट्टै शान थियो । साथीबनाउनेहरू थुप्रै थिए । हामी पनि अरू लाहुरेका छोराछोरीहरूसँग हिँड्न र खेल्न थाल्यौँ । कक्षा सातसम्म पढ्दा मेरो पढाई राम्रै थियो । त्यस पछी क्रमश स्कुलजान मनलाग्न छोड्यो । स्कुलबाट भागेर चलचित्र हेर्न जान थाल्यौ । क्रमशःसाथीहरू पनि उस्तै उस्तै बन्दै गए । हामी कोही पनि स्कुल नजाने । घरमा आमालाई स्कुलबाट कम्प्लेन गरी रहन्थ्यो । बाबाले हङकङबाट हप्ताहप्तामा फोन गरेर सोध्थ्यो । हाम्रो पढाईको बारेमा, स्कुलको बारेमा । हामीसँग पनि कुरा गर्न चाहान्थ्यो । तर बिस्तारै मलाई बोल्न मन लाग्न छोड्यो।
बाबाले मलाई जे पनि किनिदिन्थ्यो । राम्राराम्रा जुत्ता लुगाकपडा साईकल आदि । म बिस्तारै साथीहरूसँग चौरीमा बसेर घण्टौँ बिताउँन थालेँ । बिस्तारै लागुपदार्थ सेवनमा मेरो लत लाग्यो । पढाईको र स्कुलको त कुरा नै हरायो । मलाई पैसाको सक्तजरूरी हुन्थ्यो । आमासँग पैसामागेर चलाउँदै गएँ । तर दिनदिनै खर्च हुने । भनेजती पैसा आमाबाट पनि प्राप्त हुन छोड्यो । मैले मेरा जुत्ता लुगा र साइकल पनि बेचेर दुव्यसनलाई निरन्तरता दिँए । हाम्रो समूहले दुर्व्येशनका नयाँ नयाँ प्रयोगहरू गर्दै गयो । धुम्रपान, मध्यपान, सँगै सिरिन्जको प्रयोग गर्न थाल्यौँ ।
हामीलाई प्रहरीले पक्डेर लग्यो । मेरोबाबा अफगानिस्थानको युद्धमा गएको थियो । मलाई पुलिसले पक्डेको खबरले उसको मनलाई सारै दुखिबनायो । मैले छोरा र छोरीको लागि राम्रो होस भनेर देश छोडेँ । पराई देशमा आफ्नो ज्यानलाई बाजी लगाएर लड्दै छु । कती खेर तालिवानको आक्रमणमा मरिन्छ थाहा छैन । मेरा छोराछोरी नै सर्वश्व हुन भन्दै रोएको रेकर्ड पठाएछ । त्यो सुनेर मलाई पनि दुःख लाग्यो । आफ्नो काम देखि नै नराम्रो लाग्यो । मैले पुलिसलाई भने अब म त्यस्तो गर्दिन भनेर सही गरेँ । लागू औषधीले मलाई धेरै सताएको रहेछ । खान छोडेपछी केही दिन गाह्रो भयो । तर मेरो बाबाको रूवाईले मनमा छोयो । म दुर्व्यसनको लतबाट म फर्किएँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

15 hours ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

15 hours ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

16 hours ago

सफलता

उमानाथ दाहाल "यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।" लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल…

16 hours ago

“पार्क घुम्न जाँदाको रमाइलो”

  रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…

2 days ago

मल्लिका

रीता मिश्रा तिवारी भागलपुर,बिहार सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता…

2 days ago