Categories: कविता

“भानु बाजे”


रामप्रसाद पन्थी
रेसङ्गा न पा २ गुल्मी

नेपालीमा किन काव्य लेखिदियाै भानु
तिम्रा पछि लाग्ने हामी कतातिर जानू ?

युवा किन छाडी हिड्छ नेपाल याे देश
बुढाखाडा लाैरी टेक्ने रहे कि त शेष ?

शिक्षालय नेपालीमा कुरा गर्न दिन्न
छाेडिसके केटाकेटी शब्दहरू चिन्न ।

पढ्ने काेही छैन यहाँ छैन कुराे बुझ्ने
सानाठुला सबै भए पैसातिर कुद्ने ।

घाँस काट्ने घाँसी दाइ छैन गाउँघर
भेटे जति मान्छे भन्छ सहरमा झर ।

भत्किसके पाटीपाैवा पुरिए नि कुवा
मर्मतमा लाग्नु पर्छ भन्ने छैन युवा ।

तिम्रा युग गए भानु आए नाैला दिन
भन्छन् काव्य नारी हेप्ने लेखे भानु किन ?

किन लेख्याै बधुशिक्षा भानु बाजे भन
कुँडाएर छाेडिदियाै बुहारीका मन ।

गजाधर साेतीसित के काे लिनुदिनु
घरघर डुली किन उपदेश दिनु ?

किन लेख्याै रामायण किन रामगीता
किन मान्याै हनुमान किन रामसीता ?

सत्य,सेवा ,न्याय , धर्म थला परिसक्याे
मानिसमा मानवता सबै मरिसक्याे ।

कैकयीले चल्छन् चाल मन्थराकाे साथ
राममाथि भरतले हान्छन् यहाँ लात ।

यहाँ पाेल्छन् मानिसका शरीरले इटा
आमा बेची छाेरा छाेप्छन् रूपियाँका बिटा ।

भ्रष्टाचारी कानुनकाे रखबारी गर्छ
सरकारी ढुकुटीले घ्याम्पे भुँडी भर्छ ।

सरकार चलाउछ दलालकाे नेता
दीक्षान्तमा ओैंठा छाप बाँधी बस्छ फेटा ।

भागबन्डा पाएपछि सबै कुरा मिल्छ
खान पाए विराेधीले अलकत्र निल्छ ।

सत्य कुरा बाेल्नु हुन्न मुखै खाेल्नु हुन्न
अराजक भनी भानु छैन बेर थुन्न ।

म त भन्छु नबाेलेरै बसाैं चानुमानु ।
बिनासित्ती खाेरभित्र हावा किन खानू ?

सारथि बाल पत्रिका

View Comments

  • I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

15 hours ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

16 hours ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

2 days ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

3 days ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

3 days ago