सत्यजीत
नानीबाबु उठ हैउ,
बिहानको घाम चम्केको छ,
सपना होइन काम गर,
हेर आकाश टल्केको छ।
किताब खोल, अक्षर पढ,
ज्ञानको बिजारोपण गर,
कलम समात, चित्र कोर
रंगीन भविष्यको निर्माण गर।
हाम्रो हातमा छ अब दिन,
जुन बनाउने छ इतिहास,
अल्छी छैन, डर छैन,
यो जीवन हामीले पायौँ अवसर विशेष।
न दु:खसँग डराउँछौं हामी,
न आँसुमा थाक्छौँ,
अन्धकार फुटाउने जून हौँ हामी,
जुन रातैभर चम्किन्छौँ।
विद्यालय हाम्रो कर्मभूमि हो,
शिक्षक ज्ञानको बाटो,
आमा-बुबाको आशा बोकेर,
अघि बढ्छौँ हरेक पाटो।
खेत होस् या विज्ञानशाला, हामीसँग छ हिम्मत,
मेकानिक होस् या डाक्टर,
हामी बनाउँछौँ शक्तिशाली
मातृभूमि र सम्पदाहरू अति अमूल्य।
म भन्न चाहन्छु सबैलाई-
“तिमी, म र हामी सबै-
भविष्यका नक्सा हौँ,
दिगो सपना,उज्यालो सम्भावना हौँ!”
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…