कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा
“हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि हो, केटाकेटीले धेरै दिन देखि रहर पनि गरेका छन्” सावित्रीले श्रीमान को मुहार हेर्दै भनिन्।
“एका बिहानै के भन्न आयौ फेरि? भात तरकारी जुटाउन नसकेको बेलामा ,केटाकेटीको निहुँमा तिम्रो आफ्नो मनसाय पो हो कि ?” श्रीमान अलि झर्केर बोले।
“मलाई केही चाहिएको छैन, मैले नचाहिँदो कहाँ खर्च गराएकी छु र ? साना भुरा हरुको भावना व्यक्त गरेकी हुँ, मलाई सधैं किन यसरी भन्नु हुन्छ? सावित्री पनि बेसरी तातिन।
“मलाई सबै कुरा थाहा छ, दैनिक नभै नहुने कुरा हो भने म तयार छु नत्र केटाकेटीलाई देखाएर आफ्नो अभीष्ट पूरा गर्ने कुरामा म सहमत छैन बुझ्यौ ?” श्रीमान निकै रिसाए।
“मलाई यति साह्रै नभन्नु होस्,सधैँ त्यही भात तरकारी भनेर सानो केटो कराउँछ, ठूलो भन्नै परेन, झन् बेसरी उफ्रेको छ, छाेरी मात्रै केही नबोली खान्छे, हजुरले उनीहरूको भावना किन बुझ्नु हुन्न? पारिवारिक समस्या, आर्थिक मन्दि सँग म पनि जुधेको छु, एक जनाको कमाइले कोठा भाडा ,खानपिन फिस कापी कलम कसरी परिवार चलेको छ मलाई सबै थाहा छ, सधैँ भोलि भनेर कति दिन ढाटौँ ?” सावित्री रुन लागिन्।
“बुवा, मम्मी मेरो कुरा सुन्नु होस्, घरको अवस्था, आम्दानीको स्रोत केही छैन, बुवाको कमाई कति हुन्छ र ? नभै नहुने कुरा को तर्क गर्नु राम्रो हो, भाइहरुलाई म सम्झाउँला, अहिले हजुरहरू बिन्ती छ विवाद नगर्नु होस्, हाम्रो परीक्षा चलेको छ,पढ्न दिनुहोस् है ! “भन्दै छाेरी पूर्णिमा बोलिन।
माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…