मणिराज भट्टराई
गठ्ठाघर, भक्तपुर

आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम । गाउँमा भोज भतेर गर्नु पर्दा होस् या भाषणभूषण गर्नु परोस् स्कूल कै मैदान प्रयोग हुनेगर्थ्यो । त्यसबेला हुने भिडभाड र कोलाहलले त्यसदिन स्कूल अघोषित बिदा हुने गर्थ्यो । तर यसपटक कार्यक्रम सञ्चालकले स्कुल हाता बाहिर जाने होईन पलेँटी कसेर भाषण सुन्नु पर्ने उर्दी जारी गरेको थियाे । मान्छेहरु गाह्राे मानेर भएपनि पर्खेर बसिरहेका थिए । अलि चाँडै आएकाहरु भने दिक्क मान्दै एकदुई गर्दै घट्दै गईरहेको पनि देखिन्थ्यो ।
एक बार चारैतिर हेरे अनि फेरि ऐँडी उचाल्दै पर सम्म हेर्दै कार्यक्रम शुरुगरे उद्घोषकले ।
उद्घोषकले नाम लिनासाथ बडो फुर्ति साथ मञ्चमा उक्ले नेताजी । चारैतिर नजर डुलाउँदै शुरूगरे आफ्नो बनिबनाउ भाषण ।
रामे अल्छी मानिरहेको थियो । न बस्न सकिरहेको थियो न त उठेर हिँड्न । बसुँ अर्कालाई गालि गरेर ढाली बन्दै हालि मुहाली गरेको नङ्गट चाल सहनु कति , हिँडौं भने भङ्जाहाहरूले पार्लान की बेहाल भन्ने डर । एकै छिन भएपनि समय कटाउन खैनी माड्न थाल्यो । खैनी माड्दै एता उता हेर्यो । नेता भाषणमा मस्त थिए । कोही मान्छेहरु हाई काढ्दै थिए । कोही कोही बिस्तारै उठ्दै गएका थिए । रामे खैनी चिमोट्दै डाँठ फाल्दै नेताको भाषण सुने झैँ गर्दैथ्यो । खैनी माड्दै थियोे नेताले कुरा माडे जस्तै । पहेँलो हुनेगरी माड्यो । बायाँ हत्केला बीचमा खैनिको बुकुनी माथि दायाँ हातले प्याट प्याट पार्यो । यो सुनेर एउटाले ताली पिट्यो । बिस्तारै अरुले पनि नक्कल गर्दै गए। त्यो गुञ्जनले नेतामा अझ उत्साह भर्दियो । नेता अझ मच्चिदै बोल्न लागे । रामे खित्का छाड्दै हाँस्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

12 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

12 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

13 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

3 days ago