Categories: कविता

“भाषा”

तुलसी पण्डित

अघि बढ साथीभाइ
स्कुल जाने हो
लेखपढ गरिकन
अघि बढ्ने हो।

गुरु देखे नमस्कार
मान्य जनलाई आदर
आफ्नो भाषा अप्नाउनु छ
न भन है फादर।

आमा बा दिदी दाइ
हाम्रा लवज हुन्
भाइ बहिनी अङ्कल काकी
अझ धेरै छन्।

>फुपु अझ भिनाजु
भन हजुरबा
हजुर आमा श्रद्धेह हुन्
न भन है माँ।

ठूल बा ठूली आमा
जिजु बाजे जामा
माइजू अनि अझ भन
रमाएर मामा।

स्कूलमा गुरुआमा
त्यस्तै संगी साथी
कार्यालय सहायक र
खेल शिक्षक माथि।

गर सधैं आदर सम्मान
मिष्ठ भाषा बोली
भाषा जब भुल्छौ तिमी
बन्नु पर्ला झोली।

शिष्ट भाषा बोल्नु पर्छ
सधै आदर भाव
भुल्नु हुन्न आफ्नो पहिचान
भुले हुन्छ नास।

संस्कृतिको जगेर्नामा
भाषा हुन्छ खास
अर्को भाषा बोल्दा खेरि
यसको हुन्छ ह्रास।

गल्ती गरे कसैले
सम्झाइ हाल है
आफ्नो पन छोडेर
के होला र खै!

श्रोत ः नेपाली बालसाहित्य

सारथि बाल पत्रिका

Recent Posts

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो। विएलइको परीक्षा नजिकिएको…

22 hours ago

“मख्ख पार्छन् मलाई”

इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…

23 hours ago

“झुट बोल्दैनौँ”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…

2 days ago

“तिमी बस्छौ सहरमा”

ललिता ‘दोषी’ तिमी बस्छौ सहरमा म त गाउँमा पाइलैपिच्छे ठेस लाग्छ मेरो पाउमा लहै ठेस…

2 days ago

बाढी

रम्भा पौडेल स्कुलमा प्रार्थानाको समय भएको थियो । सबै विद्यार्थीलाईनमा उपस्थित थिए। पिटी सरले गोडा…

2 days ago

“घुमिफिरी रुम्जाटार”

श्यामप्रसाद श्रेष्ठ “हे बाढी! तिमी आफ्ना पाइला रोक। हाम्रो बस्ती उजाड पारेर, खेतबारी र घरहरू…

3 days ago